डा. केशब पौडेलको समर्थनमा लस एन्जलसबासीहरुको तर्फबाट बृहद कार्यक्रम आयोजना हुँदै

२४ चैत्र २०७१, मंगलवार ०१:५४ मा प्रकाशित

लस एन्जलस । गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनका अध्यक्ष प्रत्यासी डा. केशब पौडेलको उम्मेदबारीलाई समर्थन गर्दै क्यालिफोर्नियाको मायाबी शहर लसएन्जलसका नेपाली समुदायले आगामी अप्रिल १० तारिख, शुक्रबार बृहद कार्यक्रम आयोजना गर्ने भएका छन् । स्थानिय नेपाली समुदायको समर्थन अगुवा र संयोजनमा आयोजना हुन लागेको कार्यक्रममा स्थानिय संघ संस्था, अगुवा समाजसेवी र उम्मेदबारहरुले समेत बिजय उन्मुख उम्मेदबार डा. केशब पौडेलको समर्थन गर्दै आ-आफ्नो उम्मेदबारी घोषणा गर्ने कार्यक्रम रहेको स्थानिय व्यक्तिहरुले जानकारी दिएका छन् । आफ्नो उम्मेदबारी र एजेन्डालाई समर्थन गर्दै लस एन्जलसमा कार्यक्रम आयोजना हुन लागेको र आफुलाई कार्यक्रममा सहभागी हुन निम्तो प्राप्त भएको स्वीकार्दै अध्यक्ष प्रत्यासी डा. केशब पौडेलले उक्त कार्यक्रममा आफ्नो सहभागिता रहने जानकारी दिएका छन् । स्रोतले दिएको जानकारी अनुसार जनसम्पर्क समितिका अधिकांस समर्थक र पदाधिकारीहरुले बिजयी उन्मुख उम्मेदबार डा. केशब पौडेललाई समर्थन गरे पछि अध्यक्षका अर्का प्रत्यासी नगेन्द्र पौडेल र बिजयी उन्मुख उम्मेदबार डा. केशब पौडेललाई सम्रथान गर्दै सहमतिमा आफ्नो उम्मेदबारी फिर्ता गरन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार सन्फ्रान्सिस्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने डा. केशब पौडेल र नगेन्द्र पौडेल सहित जनसम्पर्क समितिका नेताहरुको पहलमा सहमतिको अन्तिम प्रयास हुन लागेको हो । यसै बीच अगुवा प्रजातन्त्रबादी नेत्री टिका चौधरी र सहमतिको प्रयास गरिरहेका अगुवा समाजसेवी हेमराज भट्टले डा. केशब पौडेलको समर्थनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सम्पूर्ण क्यालिफोर्नियाका नेपाली अमेरिकनलाई आग्रह  गरेका छन् ।

कार्यक्रम आयोजना हुने मिति: १० अप्रिल, २०१५, शुक्रबार
समय साँझ : ७: ३० बजे सुरु -साँझ : ११:०० बजे अन्त्य 
कार्यक्रम आयोजना हुने स्थान र ठेगाना: 18720 Pioneer Boulevard, Artesia, CA 90701

कार्यक्रमको थप जानकारीको लागि सम्पर्क:
टिका चौधरी : 562 618 7226
गंगा बस्नेत : 562 508 2844
रामचन्द्र लामिछाने : 310 800 4848

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको