एनआरएन अमेरिकाको संस्थागत विकासका लागि मेरो उम्मेदबारी: अध्यक्ष प्रत्यासी कुँवर

२४ चैत्र २०७१, मंगलवार ०१:०६ मा प्रकाशित

लस एन्जलस । आसन्न गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनका अध्यक्ष प्रत्यासी गणेश कुँवरले संघको संस्थागत संरचना निर्माणको लागि आफुले उम्मेदबारी दिएको बताएका छन् । एनआरएन अमेरिका संघको अन्तराष्ट्रिय परिषद निर्माणको एक दशकसम्म नेपाली अमेरिकनको पहुँच बाहिर रहेको हुँदा सँघको संस्थागत विकास हुन नसकेको हुँदा सँघको संस्थागत विकासका लागि आफ्नो दक्षता नेपाली अमेरिकनको हितमा उपयोग गर्न उम्मेदबारी दिएको बताउदै कुँवरले आफुलाई मत दिन आग्रह समेत गरेका छन् । शनिबार लस एन्जलसको आर्टेसिया शहरमा आयोजित कार्यक्रममा कुँवरले भने, ‘मेरो पहिलो प्राथमिकता संस्थागत एनआरएन अमेरिका संगै आइसीसी सदस्यका उम्मेदबार पुरुषोत्तम ढकालले उठाएको एजेन्डा अमेरिकी मुलधारमा नेपाली अमेरिकनको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण र समाजिकिरण तर्फ केन्द्रित रहने छु ।’ उनले नेपाली अमेरिकनको पहिलो पुस्ताका सिमित अनुहारले सबै क्षेत्र ओगटेको र दोस्रो पुस्तालाई गैर आवशीय अभियानमा जोड्न पनि आफुले सक्दो प्रयास गर्ने बताए । उनकै सब्दमा, ‘सबै नेपाली अमेरिकनलाई यो अभियानमा सामेल गर्न उनीहरुको हितमा दिन सकिने लाभकारी बिषयहरु अमेरिकामा धेरै रहेको र संघ सूचना मैत्री हुन नसकेको बताउदै आफुले हाँसिल गरेको सुचना प्रविधिको दक्षता समेत सँघको हितमा उपयोग गर्नेछु ।’

Ganesh Kunwar (NRN USA)एनआरएन अमेरिकाको क्यालिफोर्निया च्याप्टरका निर्बिरोध निर्वाचित उपाध्यक्ष रामबाबु पाण्डेको संयोजनमा आयोजित कार्यक्रममा सँघको निबर्तमान महिला संयोजक एवं उपाध्यक्ष प्रत्यासी उमा कार्की ‘थापा’, सदस्य एवं उपाध्यक्ष प्रत्यासी बलराम थापा, सहसचिब प्रत्यासी संगीता सिवाकोटी र आइसीसी सदस्य प्रत्यासी पुरुषोत्तम ढकालले आ-आफ्नो उम्मेदबारी बारे प्रष्ट्याएका थिए । आइसीसी सदस्य राजेन्द्र सिवाकोटीले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रममा स्थानिय अगुवाहरु यस क्षेत्रका बाणिज्यदुत ऋषि ढकाल, पशुपति फाउन्डेसनका अध्यक्ष भक्त थापा, अगुवा समाजसेवी, मुकुन्द ढुंगाना, संचारकर्मी सुदिप पन्त, अग्नि चौलागाईं लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लस एन्जलसका नेपाली समुदायको तर्फबाट अध्यक्ष प्रत्यासी कुँवरलाई स्वागत र निर्बिरोध निर्वाचित रामबाबु पाण्डेलाई बधाई ज्ञापन समेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा