युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा अन्तक्रिया

२९ जेष्ठ २०६९, सोमबार २२:५५ मा प्रकाशित

धर्मराज अधिकारी, बेलायत । युगकवि सिद्धिचरण श्रेष्ठको सतवार्षिकीको अवसरमा साहित्य विकास परिषद् युकेले एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्यो । परिषद्का अध्यक्ष खगेन्द्र नेपालीको अध्यक्षतामा आइतबार वेम्ली तन्दुरी रेष्टुरेण्टमा सम्पन्न अन्तक्रिया कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालीसेले गरेका थिए । नेपालमा मात्र नभइ नेपाल वाहिर पनि ख्याती कमाएका कवि सिद्धिचरण श्रेष्ठको फोटोमा माल्र्यपण गर्न वेलायतमा रहेका नेपाली साहित्यकारहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राजदुत डा सुरेशचन्द्र चालीसेले परिषद् नेपाली साहित्यको विकासमा डटेर लागेकोप्रति खुशी व्यक्त गरे । उनले नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु हामी सबै नेपालीहरुको कर्तव्य र दायित्व भएको बताए ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले नेपाली साहित्य विकास परिषदको नयाँ नेतृत्वसंग एनआरएनले धेरै अपेक्षा गरेको बताए । उनले एनआरएन नेपालमा लगानीको वातावरण बनाउन लागिपरेको बताउंदै त्यसमा प्रवासी नेपालीहरुको सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।

महासचिव डा. सुधा श्रेष्ठद्धारा सञ्चालन गरीएको कार्यक्रममा कवयत्री शुशिला कार्कीले स्वागत मन्तव्य दिएकी थिइन । कार्यक्रम माथि प्रकाश पार्दै परिषद्का संस्थापक सुरेशजंग शाहले समाजको चिरफार गर्दै धारा प्रवाह कविता लेख्ने कवि सिद्धिचरण आफैमा महान कवि भएको बताए ।

सो परिषद्का पुर्व अध्यक्ष हरिसिंह थापा, कोसेलीका मदन थापा, परिषद्का उपाध्यक्ष ध्रुब केसी, नेपाली प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्षा राई, अन्तराष्ट्रिय साहित्यिक समाजका होम परिवाग, यति नेपाली समाजका उमेश मोक्तान लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागि भएका साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाहरु सुनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार