सन्डरल्याण्डद्वारा ले न्युकासल युनाईटेडलाई १-० ले पराजित

२३ चैत्र २०७१, सोमबार १३:१८ मा प्रकाशित

काठमाडौं, चैत्र २३ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा सन्डरल्याण्डले न्युकासल युनाईटेडलाई १-० ले हराएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीका जेमाईन डेफोले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो ।
गएराती भएको अर्को खेलमा बर्नलेलेटोटनह्यामह हट्सपरलाई गोलरहित बराबरीमा रोकेको छ ।
लिग अन्तर्गत आज राती म्यान्चेस्टर सिटी र क्रिष्टल प्यालेस भिड्नेछन् ।
गएरातिका खेलहरुपछि लिग तालिकामा ३० खेलबाट ७० अंकका साथ चेल्सी शीर्ष स्थानमा कामयै छ ।
त्यस्तै ३१ खेलबाट ६३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लँदा समान खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा उक्लिएको छ ।
३० खेलबाट ६१ अंकका साथ म्यानचेस्टर सिटी चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान