६ माओबादीले आन्दोलन गर्ने

२३ चैत्र २०७१, सोमबार १३:१५ मा प्रकाशित

काठमाण्डौ चैत्र २३ । द्वन्द्वकालीन घटनाबारे सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा एमाओवादीसहितका ६ माओवादी सडकमा उत्रिदैछन् । एमाओबादी मोहन बैद्य नेतृत्वको नेकपा माओबादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपमा े माओवादीसहितका ६ दलले संयुक्त रुपमा आज देशभर प्रदर्शन गर्न लागेका छन् । ।
केही बेर पछि उनिहरुले राजधानीमा बबरमहल स्थित काठमाडौंको जिल्ला अदालतबाट विरोध संयुक्त र्‍याली निकाल्दैछन् ।
सर्वोच्चले हालै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐनमा रहेको आम माफी सम्बन्धी प्रावधान खारेज गर्नुका साथै नियमित अदालती प्रक्रियामा रहेका द्धन्दकालीन मुद्धाहरु सत्य निरुपणमा नलैजाने फैसाल गरेको थियो ।
६ माओवादीले सर्वोच्चको फैसला शान्ति सम्झौता र अन्तरिम संविधान विपरीत भएको भन्दै खारेजको माग गरेका छन् ।
यस्तै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक आज बस्दै छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह ४ बजे बस्ने बैठकमा पर्सी २४ गते देखि ३ दिन सम्म आह्वान गरेको आम हड्तालको विषयमा छलफल हुने छ ।
काग्रेस एमालेका सभासद्हरु प्रक्रियाबाट संविधान ल्याउने तयारी गरेपछि सडक आन्दोलन मा होमीएको वीपक्षी मोर्चासंग १५० सभासद् छन् ।
सत्तारुढ दलहरुले संविधानसभामा सुरु गरेको बहुमतीय प्रक्रिया खारेज गरी सहमतिमा संविधान निर्माण गर्ने वातावरण माग गर्दै पहिलो चरणको आन्दोलन गरिसकेको मोर्चाले अहिले दोश्रो चरणको आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने