संविधानसभाको आजको बैठक बहुमतीय प्रक्रियामा प्रवेश नगर्ने

२३ चैत्र २०७१, सोमबार १३:१३ मा प्रकाशित

काठमाण्डौ चैत्र २३ । पूर्वसभासद एवं एमाले नेता रामनाथ ढकालको निधनका कारण संविधानसभाको आजको बैठक बहुमतीय प्रक्रियामा प्रवेश नगर्ने भएको छ ।
संविधानसभा सचिवालयका अनुसार बैठकले ढकालप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
शोक प्रस्ताव पारितपछि बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास छ । दलहरुबीच सहमति नभएको भन्दै लामो समयको स्थगनपछि सभाध्यक्ष सुवास नेम्वाङले आज लागि बैठक बोलाउनु भएका थिए ।
शोक प्रस्ताव पारित गरेपछि सभाध्यक्ष नेम्वाङले केही दिन पछिका लागि मात्र अर्को बैठक तोक्ने सम्भावना छ । स्रोतका अनुसार एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाले आहवान गरेको आमहडताललगायतका कार्यक्रम पछि मात्रै संविधानसभाको बैठक राखिने सम्भावना छ ।
प्रस्ताव समिति गठनमार्फत गत माघ ११ देखि सुरु संबिधाानसभाको बहुमतीय प्रक्रियामा एमाओवादीसहितका प्रतिपक्षी दल सहभागी छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र