ढकालको अन्तिम श्रद्धाञ्जली आज

२३ चैत्र २०७१, सोमबार १३:०८ मा प्रकाशित

काठमाण्डौ चैत्र २३ । दिगंवत एमाले नेता रामनाथ ढकालको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय बल्खुमा राखिएको छ ।
बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको ढकालको पार्थिब शरिर ११ बजेसम्म पार्टी कार्यालयमा राखिने एमालेले जनाएको छ ।
ढकालको अन्तिम श्रद्धाञ्जलिको लागी एमाले अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुुमार नेपाल लगायत पार्टीका सम्पुर्ण केन्द्रिय नेताहरु पार्टी केन्द्रिय कार्यालय बल्खु छन् ।
एमालेका सबै जसो केन्द्रिय सदस्यहरु उपश्थित छन् । यस्तै एमालेका नेता तथा कार्यकर्ताहरुको पनि पार्टी कार्यालयमा ठुलो भिड लागेको छ ।
ढकालको अन्तिम श्रद्धान्जिलीको लागी नेपाली काग्रेस, एकीकृत नेकपा माओबादी लगायत दलका शिर्ष नेताहरु पनि उपस्थित छन् ।
नेता कार्यकर्ता , परिवार आफन्त तथा सर्बसाधारण श्रद्धाञ्जलि दिएपछि बल्खुबाट शवयात्रा शुरु गरिने एमाले प्रचार प्रसार बिभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । साढे एघार बजेपछि ढकालको पार्थीब शरिर बल्खुबाट शबयात्रा गरेर पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागी लगीनेछ ।
नेता ढकालको हिजो धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
यस्तै नेकपा (एमाले) को आज बिहान बसेको स्थायी कमिटीको आकस्मिक बैठकले नेता ढकालको दु:खद निधन भएकामा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयमा पार्टी झन्डा आधा झुकाउन निर्णय गरेको छ ।
यस्तै बैठकले औपचारिक कार्यक्रम तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र आगामी २०७२ साल वैशाख ४ गते श्रद्धाञ्जलि सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीलाई निर्देशित गर्ने निर्णयसमेत गरेको एमालेले जनाएको छ ।
बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज ढकालको निधनले पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको धारणा राख्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद