मिस नेपाल सृष्टि एनआरएन सद्भावना दुत

२९ जेष्ठ २०६९, सोमबार २२:५० मा प्रकाशित

धर्मराज अधिकारी, बेलायत । गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले मिस नेपाल २०१२ कि विजेता सृष्टि श्रेष्ठलाई एनआरएन सद्भावना दुत घोषणा गरेको छ । श्रेष्ठको सम्मानमा ‘इभेण्ट्स एण्ड आइडीयाज’ ले आइतबार स्लाउस्थित एज एसियामा आयोजना गरेको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्यले उनलाई सद्भावनना दुत घोषणा गरेका हुन । सद्भावना दुत घोषणा गर्दै अध्यक्ष आचार्यले मिस नेपाल श्रेष्ठबाट सिंगो एनआरएन र नेपालले ठुलो आशा गरेको बताए । सामाजिक कार्यमा मिस नेपाल श्रेष्ठको सहभागिताप्रति खुशी व्यक्त गर्दै आचार्यले सिरहा र पोखराका पिडित परिवारलाई संकलित रकम उनकै हातबाट दिन आग्रह गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै बेलायतस्थित नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसेले सृष्टि नेपालका लागि ठुलो रिसोर्स भएको र उनीबाट देशले धेरै फाइदा लिनसक्ने बताए । एनआरएनप्रति देशले ठुलो आशा गरेको स्पष्ट पार्दै चालीसेले सरकार एनआरएनको पहिचान सम्बन्धि कुरामा सकारात्मक रहेको जानकारी दिए ।

पुर्व मिस युके नेपाल नवीना गुरुङद्धारा सञ्चालित सो कार्यक्रममा मिस नेपाल सृष्टिले प्रकृतिले भरीपुर्ण नेपालमा जन्मिन पाएकोमा आफुलाई गर्व लागेको बताइन । जतिसुकै पिडामा पनि हाँस्न सक्ने नेपाली चिनारी विदेशीले पनि सिक्नुपर्ने उनको भनाई थियो । विभिन्न जात तथा धर्मले ओतप्रोत नेपाली समुदायको एकता नेपालीहरुको अर्को परिचय भएको उनले उल्लेख गरिन ।

मिस नेपाल प्रतियोगितामा एनआरएन भएकै कारण आफुमाथि प्रश्न उठेको बताउंदै उनले प्रधानमन्त्री डा बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डसंगको भेटमा नागरिकताको कुरा उठाएको जानकारी दिइन ।

सो अवसरमा आयोजक ‘इभेट्स एण्ड आइडीयाज’ की डाइरेक्टर शान्ति गुरुङले सृष्टि नेपाल र प्रवासी नेपालीहरुको लागि गौरव भएको बताईन । उनले सहभागिहरुप्रति आभार प्रकट गर्दै मिस वल्र्ड प्रतियोगितामा सफल हुन सृष्टिलाई शुभकामना दिएकी थिइन ।

मिस नेपाल सृष्टिको सम्मानमा आयोजना गरीएको सो कार्यक्रममा बेलायतभरबाट सयौं नेपालीहरु सहभागि भएका थिए । एनआरएन युकेले संकलन गरेको रकम सहित कार्यक्रममा उठेको रकम सृष्टि आफै सहभागि भइ पोखरा र सिरहाका पिडितहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

मिस युके नेपाल २०१२ कि सेकेण्ड रनरअप निलम गुरुङले सहभागिहरुलाई स्वागत मन्तव्य दिएकी थिइन । मिस नेपाल श्रेष्ठका माता पिता समेत सहभागि भएको सो समारोहमा बेलायतमा रहेका नेपाली कलाकारहरुले गित तथा नृत्य प्रश्तुत गरेका थिए । कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ, सपन राई, स्नेहा श्रेष्ठ, गायीका सितु खरेल, दिपक गुरुङ लगायतले गितहरु गाए भने सब्रिना श्रेष्ठ लगायतले नाच देखाएका थिए ।

कार्यक्रमका सहयोगी एवं एज एशियाका प्रोपाइटर सुरेन्द्र श्रेष्ठले उपस्थित भएका हरुलाई धन्यबाद दिएका थिए ।

सृष्टिलाई बधाई तथा शुभकामना दिन एनआरएन युरोपका सह संयोजक लक्ष्य गुरुङ, एनआरएन युकेका उपाध्यक्ष थर्कसेन, कोषाध्यक्ष दिलरास गुरुङ, प्रवक्ता जीव नारायण वेल्वासे, एनआरएन पुर्व अध्यक्षहरु सुर्य गुरुङ, मेजर रिटायर्ड डम्मर घले, महन्त श्रेष्ठ, क्याटर्स एशोसिएसनका अध्यक्ष विजय थापा, नेपाली टिभिका सिइओ मोहन गुरुङ, पत्रकारमहासंघ बेलायत शाखाका अध्यक्ष नवीन पोखरेल, विविसी नेपाली सेवाका सुमन खरेल, लयर्स एशोसियसनका राजु थापा, यति नेपाली एशोसियसनका उमेश मोक्तान, मिस युके नेपाल गौमायां गुरुङ, एनआरएन सल्लाहकार पशुपति भण्डारी, समाजसेवी नन्द कुमारी गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको

काठमाडौं । रंग पत्रकारिता सक्रिय युवा पत्रकार सूर्य चन्दलाई ‘संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । ‘चौथो राष्ट्रिय समावेशी म्युजिक

काठमाडौँ । निर्देशक दिपक श्रेष्ठको कमब्याक चलचित्र ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी अनुवन्ध भएकी छन् । २ नायिकाले चलचित्र