स्वाईन फ्लूका कारण एमाले नेता ढकालको निधन

२२ चैत्र २०७१, आईतवार १५:१२ मा प्रकाशित

काठमाण्डौ चैत्र २२ । नेकपा एमालेका नेता रामनाथ ढकालको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा स्वाइन फ्लूका कारण आज दिउँसो १ बजेर ४० मिनेट जाँदा नेता ढकालको निधन भएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले जानकारी दिनुभयो ।
स्वाईन फ्लुले संक्रमित हुनुभएका ढकालको एक हप्तादेखि धापासीस्थित ग्राण्डी इन्टरनेश्नल अस्पतालमा उपचार भइरहेको थियो ।
ढकाललाई स्वाइन फ्लू संक्रमण भएपछि चैत १४ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा उपचारका क्रममा उहालाई दिल्ली लैजान चैत्र १४ गते नै एयर एम्बुलेन्स बोलाइएपनि मौसमले साथ नदिदा त्यो सफल हुन सकेको थिएन ।
गुल्मीको खड्गकोटमा जन्मिनुभएका ढकाल पार्टीको विद्यार्थी संगठन अखिलका पूर्व अध्यक्ष समेत हुन्ुहुन्छ । उहाँ अघिल्लो संविधानसभा सदस्य तथा व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको सभापति पनि हुनुहुन्थ्यो । बुढानिलकण्ठमा बस्दै आउनु भएका ढकालका दुई श्रीमति दुई छोरा र एक छोरी छन् ।
ढकालको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि भोलि बिहान एमाले पार्टी कार्यालय बल्खुमा राखिने र भोलि दिउँसो नै अन्त्येष्टी गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले