राष्ट्रिय लिगमा आज त्रिभुवन आर्मी र थ्रिस्टार भिड्ने

२२ चैत्र २०७१, आईतवार १०:४६ मा प्रकाशित

काठमाडौं, चैत्र २२ । रेडबुल राष्ट्रिय लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लव र थ्रिस्टार क्लव भिड्नेछन् ।
यो सिजन मोफसलका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेको आर्मीलाई लिगमा पनि उपाधि दावेदारको रुपमा हेरिएको छ ।
यद्यपी उसले अहिलेसम्म राष्ट्रिय लिगको उपाधि भने जित्न सकेकोछैन ।
उता पछिल्लो दशक नेपाली क्लव फुटबलमा आफ्नो बेग्लै पहिचान बनाएको थ्रिस्टार क्लव यसपटक पनि उपाधिको स्वभाविक दावेदार हो ।
जारी लिगमा दुई खेलबाट ६ अंक जोडेको थ्रिस्टार क्लव तालिकाको शिर्ष स्थानमा रहेको छ भने समान खेलबाट ४ अंक जोडेको आर्मी क्लव चौथो स्थानमा रहेको छ ।
आजको खेल जितेको खण्डमा आर्मी क्लव तालिकाको शिर्ष स्थानमा उक्लिनेछ ।
जारी लिगमा दुई खेलबाट ६ अंक जोडेको मनाङ मस्र्याग्दी क्लव दोस्रो स्थानमा छ भने तेस्रो स्थानको एपिएफको ४ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान