मच्छिन्द्रनाथलाई आज महास्नान गरिँदै

२२ चैत्र २०७१, आईतवार १०:४० मा प्रकाशित

काठमाण्डौ चैत्र २२ । आज बेलुका ललितपुरको रातो मच्छिन्द्रनाथलाई महास्नान गराईदै छ ।
बैदिक बिधिपुर्वक बुङगमति खोलामा मच्छिन्द्रनाथको मूतिर्लाई पवित्र जलले नुहाईदिने स्थानीय पुजारिहरुले बताएका छन् ।

यो परम्परालाई स्थानीयवासीले न्हवं भन्छन । महास्नान पछि माटोबाट बनेको मच्छिन्द्रनाथको मूतिर्लाई मर्मत सम्भार गरेर रंगरोगन लगाउने चलन छ । त्यसपछि मुतिर्को दश संस्कार कर्म अर्थात न्वारान, पास्नी , ब्रतबन्ध गुफा राख्ने जस्ता सबै कर्म संस्कार पुरा गरेर मात्र रथारोहण गर्ने चलन छ ।
महास्नानको भोलिदेखि रथ बनाउन शुरु गरिन्छ भने महास्नान गरेको १५ दिन पछि अर्थात यो पटक आउने वैशाख ६ गते सो मूतिर्लाई रथारोहण गरिन्छ ।
यो पटक बाह्र बर्षे जात्रा भएकोले २०७२ वैशाख ९ गतेका दिन बुंगमतिबाट रथ तानेर पाटनको विभिन्न ठाउँ घुमाएर फेरि बुंगमतिसम्म रथ फर्काएर रातो मच्छिन्द्रंनाथ रथ यात्रा सम्पन्न गरिदैंछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र