शरतसिंह भण्डारीको नेतृत्वमा असार १३ गते नयाँ पार्टी घोषणा हुने

२९ जेष्ठ २०६९, सोमबार १५:१९ मा प्रकाशित

काठमाडौ, २९ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी छोडेका नेताहरुले आउने असार १३ गते नयाँ पार्टीको घोषणा गर्ने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरूले यो जानकारी दिएका हुन् । नयाँ पार्टीको नेतृत्व फोरम लोकतान्त्रिकबाट निस्कासित नेता शरतसिंह भण्डारीले गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पार्टीले पत्रिकामार्फत प्रष्टिकरण सोधेपछि असन्तुष्ट फोरम लोकतान्त्रिकका ११ जना नेताहरुले हिजो सामूहिक राजिनामाको घोषणा गरेका थिए । लोकतान्त्रिकमा रहेका रामेश्वर साह, डा गंगाप्रसाद अकेला, जयप्रकाश यादव, मो. युसुफ साफी, शशिकान्त मिश्र, रुपा मल्ल, प्रभा चौधरी र रेखा यादव लगायत थप ११ जना केन्द्रीय सदस्यहरु भण्डारीका साथमा आएका छन् ।

पत्रकार सम्मेलनमा भण्डारीले उपेन्द्र यादवमाथि निरंकुश भएको र माओवादीसँग बढी सहकार्य गरेपछि पार्टी फुटाएर फोरम लोकतान्त्रिक बनाएको स्मरण गर्दै जुन विषयको विरोध गर्दै फोरम लोकतान्त्रिक गठन भयो त्यसैको अहिले पुनरावृति भइरहेको आरोप लगाए ।
उनले संविधानसभा विघटनमा सरकारमा रहेका विजयकुमार गच्छदारको भूमिका प्रमुख रहेको दावी पनि गरे ।
भण्डारीले आफू सधैं लोकतन्त्रको पक्षमा रहदै आएकोले लोकतन्त्रको रक्षाको मुद्दामा लोकतान्त्रिक शक्ति तथा संघीयताको मुद्दामा पहिचान सहितको संघीयताका पक्षधरसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई