महाधिवेशन नजिकिँदै जाँदा काँग्रेस नेता रणनीति बनाउन व्यस्त

२२ चैत्र २०७१, आईतवार १०:३९ मा प्रकाशित

काठमाण्डौ चैत्र २२ । काग्रेसको महाधिबेशन नजिकिदै गर्दा महाधिवेशन माहौल आफ्नो पक्षमा पार्न बरिष्ठ नेता शेरबहादुर देउवा आक्रमक रुपमा अगाडि बढ्नुभएको छ ।
पार्टी सभापति सुशील कोइराला पार्टी र सरकार दुवैतिरबाट असफल भएको निष्कर्ष निकाल्दै बरिष्ठ नेता देउवा महाधिवेशन केन्द्रत रणनीति बनाउन आक्रमक रुपमा अगाडि बढ्नुभएको हो ।
यसपटक पनि पार्टी सभापति कोइरालासँगै भिड्ने मनस्थिती बनाउदै देउवाले महाधिबेशन को लागी १४ अञ्चलका कमाण्डर तोक्नुभएको छ ।
संस्थापन पक्षले एकलौटी गरेको, आफू पक्षीय कार्यसमिति नभएको जिल्लामा क्षेत्रीय सभापतिलाई क्रियाशिल सदस्यता फारम पठाएको, आफू कमजोर भएको जिल्लामा क्रियाशिल सदस्यता वितरणमा विवाद झिकेको बताउदै यथार्थ बुझ्न र रणनीतिक रुपमा अगाडि बढ्न देउवाले कमाण्डर तोक्नुभएको हो ।
मेचीमा भिष्मराज आङदेम्बे, कोसीमा ज्ञानेन्द्र बहादुर कार्की, सगरमाथामा मिनबहादुर विश्वकर्मा, जनकपुरमा विमलेन्द्र निधि, बागमतिमा डा. प्रकाशशरण महत, गण्डकीमा गोपालमान शाक्य, लुम्बिनीमा बालकृष्ण खाँण देउवाले कमाण्डर तोक्नुभएको छ । यस्तै नारायणीमा रमेश रिमाल, राप्तीमा किशोरसिंह राठौर, कर्णालीमा जीवन शाही, भेरीमा पूर्णबहादुर खड्का, महाकालीमा एनपी साउद र सेतीमा रमेश लेखकलाई कमाण्डरको रुपमा खटाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न