रौतहटको जनजीवन सामान्य बन्दै

२२ चैत्र २०७१, आईतवार १०:३६ मा प्रकाशित

काठमाण्डौ चैत्र २२ । रौतहट सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हटाइएपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ । तीन दिनदेखि उत्पन्न तनाव सामान्य बनाउन हिजो दिउँसोदेखि लगाइएको कफ्र्यु आज बिहान ४ बजेपछि हटाइएपछि बजार खुलेका छन् ।
बिहानैदेखि स्थानीय बासिन्दा किनमेलका लागि बजार निस्किएका छन् ।
गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले हिजो दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो ।
यस्तै आन्दोलनरत पक्षको माग सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइटीको मध्यस्थतामा हिजो साँझ बसेको वार्तामा कुनै सहमति हुन नसकेपछि आज बिहानबाट पुन: वार्ता सुरु गरिएको हो ।
स्थानीय राजनीतिक दलले कफ्र्यु नहटाएसम्म वार्ता नगर्ने बताएपछि बिहान ४ बजेपछि हटाइएको हो ।
नापी र मालपोत कार्यालयको सेवा केन्द्र चन्द्रपुर नगरपालिकामा विस्तार गर्ने सरकारी निर्णयविरुद् केही दिनदेखि प्रदर्शन हुँदै आइरहेको छ । परिस्थिति असामान्य बन्दै गएपछि सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो । हिजो प्रहरीको गाडीको ठक्करबाट राम आशिष ठाकुरको ज्यान गएपछि स्थिति झनै तनावपूर्ण बनेको थियो ।।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।