रौतहटमा जारी प्रदर्शनमा गोली चल्यो, १ को मृत्यु, अनिश्चितकालिन कफ्र्यु घोषणा

२१ चैत्र २०७१, शनिबार १४:३६ मा प्रकाशित

काठमाण्डौैँ, चैत्र २१ । रौतहटमा सेवा केन्द्र विस्तारको विषयमा जारी बन्दसहितको आन्दोलनले त्यहाको स्थिती नियन्त्रण भन्दा बाहिर गएको छ ।

स्थानीयले प्रदर्शन चर्काएपछि प्रहरीले त्यसलाई रोक्न ५० राउन्ड हवाई फायर गरेको छ । सो हवाईफायरबाट ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । भने उनीहरुमध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

स्थिती नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले अहिले २ बजेदेखि अनिश्चितकालिन कफ्र्यु घोषणा गरेको छ ।

हिजो पनि प्रदर्शन भइरहेका बेला स्थानीयबासिन्दाले प्रहरीको गाडी रोक्न खोज्दा गाडीको ठक्करबाट स्थानिय ६४ वर्षका रामशिंह ठाकुरको उपचारको क्रममा आज विहान मृत्यु भएको थियो ।

ठाकुरको ज्यान गएपछि स्थानियबासिन्दा आक्रोशित हुदै प्रहरीको गाडीमा आगजनी समेत गरिदिदै प्रदर्शनलाई चर्काएका थिए ।

सरकारले सेवा केन्द्र विस्तार गरि जनतालाई सजिलो सेवा प्रदान गर्न गरेको प्रयासलाई गौरबासि र केही राजनीतिक दलले विरोध गरिरहेका छन् । त्यसमा उद्योग बाण्ँिज्य संघले अगुवाई गरेको छ ।
सरकारले सेवा केन्द्र विस्तारको निर्णय फिर्ता लिएपनि आन्दोलन रोकिएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक