असार १ को जनप्रर्दशन सफल बनाउन प्रचण्डद्धारा मजदुर नेतृत्वलाई निर्देशन

२९ जेष्ठ २०६९, सोमबार १३:२४ मा प्रकाशित

काठमाडौ, २९ जेठ । एकीकृत नेकपा  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी असार १ गते पार्टीले राजधानीमा गर्ने घोषणा गरेको जनप्रर्दशनलाई सफल बनाउन पार्टी निकट  मजदुर संगठनको नेतृत्वलाई निर्देशन दिएका छन् ।

आज ललितपुरको खन्न गार्मेन्टमा भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन । पार्टीले विवादित बनेको पार्टीको मजदुर संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघ शालिग्राम जमरकट्टेलको नेतृत्वमा पुर्नगठन भएपछि आयोजित प्रशिक्षण कार्यक्रममा उनले त्यस्तो त्यस्तो निर्देशन दिएको बताईएको छ ।
प्रशिक्षणमा प्रचण्डले पार्टीभित्रको अन्र्तद्धन्द्धले भातृ संगठनहरुमासमेत विवाद देखिएकोले मजदुर संगठनलाई एक बनाएर अगाडि बढाउन तर्फ आफूलाई केन्द्रीय गर्दै एकताकोलागी दवाव सृजना गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण