राष्ट्रिय लिग फुटबलः आज पुलिसँग झापा भिड्दै

२० चैत्र २०७१, शुक्रबार ११:१३ मा प्रकाशित

काठमाडौं, चैत्र २० । केही समयदेखि रोकिएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताका खेलहरु आजदेखि पुनः सन्चालन हुँदैछन् । दशरथ रंगशालामा आज दिउँसो ३ बजे हुने खेलमा नेपाल पुलिस क्लबले झापा–११ सँग खेल्ने छ ।

प्रतियोगितामा यसअघि एक–एक खेल खेलेका दुबै टोली पराजित भएपछि अंकविहीन अवस्थामा रहेका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०को आयोजनामाजारी राष्ट्रिय लिग फुटबल पहिलोपटक ‘होम एन्ड अवे’को आधारमा सन्चालन भइरहेको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ५ टोली थ्रीस्टार, मनाङ–मर्स्याङदी, त्रिभुवन आर्मी, पुलिस र सशस्त्र प्रहरी तथा मोफसलका झापा–११, मोरङ फुटबल क्लब, सुदूपश्चिम फुटबल क्लब कैलाली र रुपन्देहीको जगदम्बा लुम्बिनी गरी कुल ९ टोली सहभागी छन् ।

हालसम्म दुई खेल खेलेका थ्रीस्टार क्लब र मनाङ–मर्स्याङदी क्लब समान ६–६ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । दुई खेलबाट ४ अंक जोडेको सशस्त्र प्रहरी बल ९एपीएफ० तेस्रो स्थानमा छ भने समान ४ अंक जोडेको आर्मी क्लब गोलअन्तरको आधारमा चौथो स्थानमा छ ।

दुई खेलबाट ३ अंक जोडेको जगदम्बा लुम्बिनी पाँचौ स्थानमा छ । झापा, पुलिस, मोरङ र सुदूरपश्चिमको कैलाली भने अंकविहीन रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०