सर्वाेच्चको निर्णयप्रति माओवादीको आपत्ति

२० चैत्र २०७१, शुक्रबार ११:०९ मा प्रकाशित

काठमाण्डौ चैत्र २० । एमाओवादी लगायत छ वटा पार्टीले प्रधानमन्त्री सुशील कोइरालालाई संयूक्त ज्ञापनपत्र बुझाउँदै सर्वोच्च अदालतको फैसला सच्याउन माग गरेका छन् ।
सर्वोच्चले सत्य निरुण तथा मेलमिलाप आयोग ऐनका सम्बन्धमा गरेको आदेश सच्याउन माओवादी नेताहरुले माग गरेका हुन् ।
आज प्रधानमन्त्रीलाई बुझाइएको ८ बुँदे माग सहितको ज्ञापनपत्रमा अदालतको फागुन १४ गतेको उत्प्रेषणको आदेश खारेज गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
साथै द्धन्दवकालीन मुद्दा खारेज गर्न, बन्दीहरुको तत्काल रिहाइ गर्न, द्वन्द्वकालीन मुद्दामा विशेष अदालतलाई क्षेत्राधिकार तोक्न र मेलमिलापको कानूनी वातावरण तयार गर्न माओवादीले प्रधानमन्त्रीसँग माग गरेका छन् ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा प्रचण्ड, मोहन, वैद्य, मात्रिका यादव, मणि थापा, नेत्रबिक्रम चन्द र परी थापाको हस्ताक्षर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन