कांगे्रसमा वैचारिक विवाद छैन

२९ जेष्ठ २०६९, सोमबार १२:२९ मा प्रकाशित

डा. शेखर कोइराला, नेता नेपाली कांगे्रस
० अब के हुन्छ मुलुकमा ?
– मुलुक बडो अप्ठ्यारो परिस्थितिमा छ । सहमति नगरी अगाडि बढ्न सक्ने अवस्था छैन ।
० सहमति गर्न कसले के गर्नुपर्छ ?
– सहमति भन्नेवित्तिकै प्रधानमन्त्रीको राजीनामा आउन जरुरी छ । दोस्रो कुरा के कुरामा सहमति गर्ने ? एउटा निर्वाचनमा जानुपर्ने आवश्यकता छ । निर्वाचनको विकल्प छैन ।
० प्रधामन्त्रीले राजीनामा दिन्छु भन्नुभएको छ ?
– यदि प्रधानमन्त्रीले राजीनामा दिनुभयो भने एउटा बाटो खुल्छ । सरकार बनाउने मात्र खेल होइन यो । देश जटिल संवैधानिक समस्यामा फस्यो । राष्ट्रपतिले राजनीतिक निर्णय गर्नु हुँदैन । यदि उहाँले राजीनित गर्न थाल्नुभयो भने नराम्रो असर ल्याउँछ भोलिका दिनमा । लोकतान्त्रिक हुनुहुन्छ राष्ट्रपति ।
० राजनीतिक निर्णय गर्ने दलहरुले नै उक्साइरहेका छन् नि ?
– प्रधानमन्त्रीलाई राष्ट्रपतिले हटाउने होइन । प्रधानमन्त्रीले राजीनामा दिनुप¥र्यो ।
० उहाँ त काम चलाउ प्रधानमन्त्री भइसक्नु भएको होइन ?
– त्यसरी हुँदैन । राष्ट्रपतिले अहिले जुन पाइला चाल्नु भएको छ, त्यो संवैधानिक छ । अहिलेसम्म उहाँले लिएका कदमहरु एकदमै ठीक छ । दलहरुले उकासे भन्दैमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउनु हुँदैन । प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिलाई बाटो खोलिदिनुपर्छ ।
० माओवादी बिना राष्ट्रिय सहमति हुन्छ ?
– माओवादी चाहिन्छ । शंकै नगरे हुन्छ नेपाली जनताले । माओवादीको सहमति बिना एक इन्च पनि अघि बढ्न सक्दैन । माओवादी मात्र होइन, अन्य दलहरुलाई समेत सहमतिमा लिएर अघि बढ्नुपर्छ ।
० प्रधानमन्त्री को बन्ने ?
– प्रधानमन्त्री मेरा लागि गौण विषय हो । कांगे्रस भएको नाताले कांगे्रसकै सरकार हुनुपर्छ म भन्छु । तर हुनसकेन, अर्को व्यक्तिमा सहमति हुन्छ भने नेपाली कांगे्रसले त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ । दूरदर्शीता नेपाली कांगे्रसले देखाउन सकेन त्यो दुर्भाग्य हुनेछ । सरकारमा बसेका नेताले माओवादी र मोर्चा खुशी होला, तर देश दलदलमा फस्दैछ ।
० यो जिम्मा कांगे्रसले लिनुपर्दैन ?
– लिन्छ, किन लिँदैन, लिनैपर्छ । मेरो जिम्मेवारी होइन भनेर कांगे्रस पन्छिन मिल्दैन ।
० प्रधानमन्त्रीको राजीनामा आइसकेपछि सहमति हुन्छ ?
– गर्नुपर्छ । सहमति केका लागि गर्ने भन्ने महत्वपूर्ण कुरा हो । प्रधानमन्त्री पदका लागि मात्र सहमति गरियो भने त्यसले देशमा झन ठूलो भड्खालो ल्याउँछ ।
० कांगे्रस पार्टीको विवाद मिलान हुन थालेको हो ?
– अरु दलहरुमा वैचारिक लडाइँ झगडा छ, कांगे्रसभित्र सत्ताको लडाइँ छ । नेपाली कांगे्रसमा सुशील कोइराला, शेरबहादुर र रामचन्द्रजी शीर्ष नेताहरु जब बैठकमा जान्थे, एउटै भएर उनीहरु गएका हुन् । एउटा कुरामा मात्र विवाद भएको हो । संकटकाल लगाउने कि नलगाउने भन्ने कुरामा मात्र विवाद भएको हो । अन्यथा कतै पनि केही पनि विषयमा शीर्ष नेताहरुबीच सहमति भएको छैन ।
० पार्टीभित्र विवाद छ नि ?
– सत्ताका लागि मात्र विवाद हो भनेर मैले अघि नै भने त ।
० कहिले सामान्य होला ?
– आज कांगे्रस केन्द्रीय समितिको बैठक बस्दैछ । सबैको सद्बुद्धि पलाउला ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको