१ घण्टा लोडसेडिङ घट्ने

१९ चैत्र २०७१, बिहीबार १०:२४ मा प्रकाशित

काठमाण्डौ चैत्र १९ । नेपाल विद्युत प्राधिकरणले १ घण्टा लोडेडिङ घटाउने तयारी गरेको छ । पर्सि र्शनिबारदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नया तालिका सार्वजनिक गरेको छ ।
नदीमा पानीको बहाव घट्ने क्रममा रहेपनि सूर्यास्तको समय परिवर्तन तथा कुलेखानी जलाशयको पानी सञ्चिती समेत अनुकूल भएकाले लोडसेडिङको अवधि घटाउन लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दैनिक ८ देखि ९ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ । यसअघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
प्राधिकरणले बेलुकीको समयमा विद्युत बढी खपत हुने उपकरण सकेसम्म बन्द गरी लोडसेडिङ न्यूनीकरणका लागि सहयोग गर्न पनि सबैसँग आग्रह गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले