राष्ट्रपतिले बजेट रोक्ने विषयमा कानूनी परामर्श गर्ने

२९ जेष्ठ २०६९, सोमबार १२:२० मा प्रकाशित

काठमाडौ, २९ जेठ । राष्ट्रपति डा रामबरण यादवले एमाले काग्रेसको आग्रह बमोजिम बजेटको विषयमा उपयूक्त निर्णय लिन कानूनी परामर्श गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । आज आफूसँग भेटन आएका दुई दलका शिर्ष नेताहरुसँग राष्ट्रपतिले कानूनी परामर्श गरेर उपयूक्त निणय लिने आश्वासन दिएका हुन ।
नेपाली काग्रेस र नेकपा एमालेले लिखित रुपमै सरकारले बजेट ल्याउने तयारी गरेको भन्दै त्यसलाई रोक्न आग्रह गरे पछि राष्ट्रपति यादवले त्यस्तो बताएका हुन ।
दुई दलका नेताहरुले आज राष्ट्रपतिलाई भेटि सरकारले लोकतन्त्र र संविधानको मान्यता विपरित दलहरुवीच आहमति कायम नगरी एकलौटि रुपमा अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका हुन ।
उनीहरुले राष्ट्रपतिलाई बुझाएको अनुरोध पत्रमा काम चलाउ सरकारलाई बजेट ल्याउने हैसियत नभएको भन्दै राष्ट्रपतिसँग सरकारलाई विघठन गर्न समेत माग गरेका छन ।
भेटवार्ता पछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कामचलाउ सरकारलाई विघठन गरी सहमतिको सरकार निर्माणकोलागी संविधान अनुसार आब्हान गरेको बताए । उनले सरकारले बजेट ल्याउन नपाउने भन्दै त्यस विरुद्ध संघर्ष नगर्ने चेतावनी दिए । काग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकारलाई कुनै पनि हालतमा अध्यादेशबाट बजेट ल्याउन नदिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल