युरोकप फुटबल छनोटको इटाली र इङ्गल्याण्ड बराबरीमा

१८ चैत्र २०७१, बुधबार ०९:५८ मा प्रकाशित

काठमाडौं, चैत्र १८ । युरोकप फुटबल छनोट प्रतियोगिताको अभ्यास स्वरुप गएराती खेलिएको एक मैत्रिपुर्ण फुटबल खेलमा ईटाली र इङ्गल्याण्डले बराबरी खेलेका छन् ।
विश्व फुटबलका दुई बलिया राष्ट्रहरुविचको इटालीको टुरीनमा भएको खेल एक–एक गोलको बराबरीमा सकिएको हो ।
खेलको २९ औं मिनेटमा साउथह्याम्पटनका स्ट्राईकर ग्राजियानो पेलेले एक गोल गर्दै ईटालीलाई अग्रता दिए ।
तर दोस्रो हाफमा टोटनह्यामह हट्सपरका खेलाडी एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काउदै इङ्गल्याण्डको हार टारेका हुन् ।
यो खेलसँगै ईटाली विश्वकप पछिका हरेक खेलमा अपराजित रहँदा इङ्गल्याण्डले पनि अपराजित खेल संख्या ९ पुर्याएको छ ।
गएराती भएका अन्य मैत्रिपुर्ण खेलहरुमा नेदरल्याण्ड्सले स्पेनलाई २-० ले पराजित गर्दा स्विडेनले इरानलाई ३-१ ले हराएको छ । उता कमजोर मानिएको केप भर्डे आइल्याण्डले पोर्चुगललाई २-० ले हराएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र