एनआरएन अमेरिकाको निर्वाचनमा भांड भैलो मच्चाउने प्रयास, संघका अध्यक्ष शेष घले समेत राष्ट्रिय परिषद सदस्य नरहेको नजिर

१८ चैत्र २०७१, बुधबार ०८:०८ मा प्रकाशित

लस एन्जलस, १७ चैत । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय परिषद अमेरिकाको जारी निर्वाचन प्रक्रियामा अन्तराष्ट्रिय परिषद सदस्यका लागि चाहिने योग्यताको बिषयमा विधानले लगाएको परिभाषामा विवाद र अन्यौल देखिए पछि निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन प्रक्रिया प्रभावित भएको छ । यस अघि यसै विधानमा रहेर निर्वाचन आयोगले संघको राष्ट्रिय परिषद अमेरिकाको साधारण सदस्य मात्र रहेका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरेको थियो । त्यसै गरी केहि बर्ष अघि निर्वाचित भएका भनिएका क्षेत्रीय संयोजक, उपसंयोजक र अन्तराष्ट्रिय परिषद सदस्य पदमा निर्वाचित रहेका व्यक्तिहरु समेत संघको कुनै पनि राष्ट्रिय परिषदमा एक कार्यकाल निर्वाचित नभएको पुष्टि भएको छ । त्यसरी संघको राष्ट्रिय परिषदमा एक कार्यकाल निर्वाचित नभएका तर अन्तराष्ट्रिय परिषद सदस्यका रुपमा प्रतिनिधित्व गरिसकेका नामहरुमा नबिन सेरचन, मुकेश सिंह, बर्तमान क्षेत्रीय संयोजक एसी शेर्पा समेत रहेका छन् । तर अनितिम उम्मेदबारको नामावली सार्वजनिक गर्ने अन्तिम दिन संघका तर्फबाट अन्तराष्ट्रिय परिषदका उत्तर अमेरिका हेर्ने संयोजक नवराज गुरुङ र एसी शेर्पाले संघको विधानको परिभाषा सहित निर्वाचन आयोगलाई योग्यता नपुगेको उम्मेदबारको उम्मेदबारी खारेज गरी निर्वाचन प्रक्रिया अघि बढाउन लिखित र मौखिक निर्देशन दिए पछि निर्वाचन आयोग निर्वाचन प्रक्रिया अघि बढाउने बिषयमा अन्यौल ग्रस्त बनेको हो । तर निर्वाचन आयोगले भने क्षेत्रीय संयोजकको पत्रलाई आधिकारिक धारणा नमानी नियमित निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार मार्च ३१ मध्यरात भित्र सम्पूर्ण उम्मेदबारको नामावली सार्वजनिक गरी सक्ने कार्य तालिका रहेको छ । यस अघि संघको अमेरिकाको तेस्रो साधारण सभाले अन्तराष्ट्रिय परिषदको बिधानसंग मेल खाने गरी बिधान संसोधन गरेको थियो । गैर आवाशीय आन्दोलनका एक अभियन्ताका अनुसार संघका बर्तमान अध्यक्ष शेष घले समेत संघको बिधान अनुसार कुनै पनि राष्ट्रिय परिषद्को सदश्य निर्वाचित वा मनोनित भएर कार्यकाल पुरा नगरेको जानकारी दिएका छन् । आइसीसी सदस्य उम्मेदवार एवं गैर आवाशीय आन्दोलनका अगुवा संजिव सापकोटाले संघको बिधान धारा १७,५,३ अनुसार कुनै पनि राष्ट्रिय परिषद्को सदस्य संघको अन्तराष्ट्रिय परिषद सदस्यमा उम्मेदबार हुन पाउने अधिकार रहेको व्याख्या सहित निर्वाचन आयोगलाई सम्पूर्ण उम्मेदबारहरु आधिकारिक रहेको हुदा उम्मेदबारी कायम गरी निर्वाचन प्रक्रिया अघि बढाउन पत्र लेखेका छन् । के भन्छ संघको विधानले : मूल भाषा नेपालीमा तयार गरिएको संघको अन्तराष्ट्रिय परिषद्को बिधान धारा १७,५,३ अनुसार संघको आईसीसी सदस्यको उम्मेदबार हुन अन्तराष्ट्रिय परिषद्को पदाधिकारी वा सदश्य वा राष्ट्रिय परिषद्को सदस्यमा एक कार्यकाल पुरा गरेको हुनु पर्ने प्राबधान रहेको छ ।सापकोटा र अन्य जानकारहरुले आयोगलाइ संघको बिधानमा स्पष्ट रहेको बिषयलाई बंग्याएर अमेरिकाको गैर आवशीय आन्दोलनलाइ विभाजित गर्ने गरी पत्र लेख्ने क्षेत्रीय संयोजक र उपसंयोजकलाई आफु अनुकुल विधानको आसय करणी नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका