बजेट ल्याउन काग्रेस र एमालेले रोक्ने

२९ जेष्ठ २०६९, सोमबार १२:१२ मा प्रकाशित

काठमाडौ, २९ जेठ । नेपाली काग्रेस र नेकपा एमालेले कामचलाउ सरकारलाई बजेट ल्याउने हैसियत नभएको भन्दै बजेट ल्याउन नदिने भएका छन् ।
काग्रेस महामन्त्री प्रकासमान सिहको निवास चाक्सीबारीमा बसेको दुई दलको बैठकले कामचलाउ सरकारको बजेट ल्याउने तयारी निरकुंशता लाद्न तयारी स्वरुप भएको भन्दै त्यस विरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।
बैठकले सहमतिमा बजेट ल्याउनु पर्ने स्पष्ट पार्दै सहमति विना अध्यादेशबाट बजेट ल्याए त्यसलाई नस्विकार्ने समेत निर्णय गरेका छन् ।
उनहरुले सहमतिकोलागी प्रधानमन्त्रीले तत्काल पद त्याग गर्नु पर्ने भन्दै नभए आन्दोलनबाटै प्रधानमन्त्री हटाउने दोहोर्याएका छन् । एमाले उपाध्यक्ष बामदेब गौतमले प्रधानमन्त्री हटाउन नयाँ आन्दोलनको कार्यक्रम थाल्ने विषयमा पनि बैठकमा सहमति भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा