निर्वाचन गर्ने प्रतिबद्धता आए पद छाड्न तयार छुः प्रधानमन्त्री

२९ जेष्ठ २०६९, सोमबार १२:०७ मा प्रकाशित

काठमाडौ, २९ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू नेतृत्वको सरकारले तोकेको मंसिर ७ को निर्वाचन हुने प्रतिबद्धता आए आफू पदत्याग गर्न तयार रहेको बताउनु भएको छ । मुलुकको समसामयिक परिस्थितिको बारेमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज बोलाउनु भएको बिभिन्न देशका राजदूतहरुसँगको छलफलको क्रममा त्यस्तो बताउनुभएको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा भारत, चीन, अमेरिका, बेलायतसहितका गरी करिब १ दर्जनबढि देशका राजदूतहरुको सहभागिता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आफूहरुले संविधानसभाबाटै संविधान निर्माण गर्न हदैसम्म लचकता देखाउँदा समेत विपक्षीहरुले साथ नदिदा संविधानसभा विघठन भएको दावी गर्दै दलित जजाती मधेसीको माग सम्बोधन नगरी संविधान बन्ने अवस्था नभएको समेत स्पष्ट पारे ।  राजदुतहरुलाई उनले भने–संघीयता परम्परागत ससदीय पार्टीले स्विकारेनन । संविधानसभामा पनि छलफलकालागी लान दिउनन । अर्को कुरा  अदालतको आदेशले हामिले संविधानसभा लम्ब्याउन सकेनौ ।
प्रधानमन्त्रीले प्रजातन्त्रबादी विपक्षमा हुँदैनन भन्ने विश्वासको आधारमा आफू नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन घोषणा गरेको भन्दै चुनाव गर्न सहमति आवश्यक भएको र त्यसकोलागी सरकार सहमतिको बातावरण बनाउन तयार रहेको बताए ।
शान्ति र प्रजातन्त्र आर्थिक विकास र स्थायीत्व विना सम्भव नभएको भन्दै प्रधानमन्त्रीले  कुनै पनि हालतमा संविधानसभाबाटै संविधान बनाउनु पर्ने धारणा राखेका थिए ।
उनले निर्धारित समयमा निर्वाचन गर्न सहमति कायम गरििेर अगाडि बढ्न आफू तयार भएको भन्दै निर्वाचन अघिनै सहमतिको सरकार निर्माणकोलागी आफू सहमति गर्न तयार  रहेको बताएका थिए ।
सरकारले आर्थिक विकास र सम्वृद्धिका योजनाहरुलाई तिब्रताका साथ अघि बढाउने भएको छ । राजनीतिक तरलताका बावजुत पनि आर्थिक विकास र सम्वृद्धिका योजनाहरुलाई निरन्तरता दिईराख्न सरकार प्रतिबद्ध भएको प्रधानमन्त्री डा. बावुराम भट्टराईले बताए । उनले भने ‘आर्थिक विकास र सम्वृद्धिका कामलाई तिब्र गतिमा अगाडि बढाउन सरकार पुर्णरुपले प्रतिवद्ध भएर लागेको छ ।’
सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनालाई कुनै पनि साधन स्रोतले कमि हुन नदिने उहाँले प्रतिवद्धता जनाएका थिए ।  राष्ट्रिय गौरवका योजनाहरुलाई तिब्र गतिमा पूर्णता दिलाउन सरकारले विशेष ध्यान केन्द्रीत गरेको पनि उनले बताए ।  विकासका लागि लगानी बोर्ड गठन गरिएको बताउँदै उनले योजनाहरुमा राष्ट्रिय र अन्तराष्ट्रिय लगानी भित्र्याउने प्रयत्न भएको बताए । विकासका लागि राष्ट्रिय अन्तराष्ट्रिय लगानी भित्र्याउने कामलाई निरन्तरता दिन लगानी बोर्डलाई निर्देशन दिईएको प्रधानमन्त्रीको भनाई थियो । उनले आर्थिक एजेण्डामा कुनै पनि हालतमा सुस्तता आउन नदिने प्रतिवद्धता व्यक्त गरे ।
संविधानसभाको विघटनपछिको देशको राजनीतिक अवस्था तथा विकास, निर्माणको कामकारबाहीको बारेमा राजदूतहरुले प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताइएको छ । उनीहरुले अब मुलुकले कसरी निकास पाउँछ, काग्रेस र एमाले सहितका दलहरु विरोधमा उत्रिदा उत्पन्न संकट लगायतका विषयमा चासो राखेका थिए ।
प्रधानमन्त्रीले मुलुकको पछिल्लो अवस्था सहमतिकोलागी भईरहेको प्रयास र मुलुकको निकासको विषयमा राजदुतहरुलाई प्रष्ट पार्नु भएको थियो ।  यसअघि काग्रेस र एमाले गठबन्धले पनि राजदुतहरुसँग सामूहिक छलफल गरेर आफ्नो धारणा स्पष्ट पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।