थप स्वास्थ्य परिक्षण लागि अम्बर गुरुङ अस्पतालमा

१७ चैत्र २०७१, मंगलवार १०:४६ मा प्रकाशित

काठमाण्डौ । राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई चैत्र २ गते घर फर्किएका राष्ट्र गानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङ डाक्टरहरुको स्वास्थ्य परीक्षणका लागि आज अस्पताल आएका छन् ।
डाक्टरहरुको सल्लाह अनुसार स्वास्थ्य परिक्षणका लागि आएका गुरुङ आज निकै फुर्तिलो र स्वस्थ देखिएका थिए ।
उनलाई ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डेले स्वागत गरेका थिए ।
डाक्टर पाण्डे सँगको भेटमा गुरुङले आफ्नो हस्ताक्षर सहितको गिति संग्रह र पुस्तक उपहार समेत दिएका थिए ।
पार्किन्सन्स र मधुमेह बाट पीडित गुरुङ गत फाल्गुण ७ गते घरमा अचानक लडेर अचेत भएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्याइएको थियो । गुरुङ २७ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी गुरुङ घर फर्किएका थिए।
उनको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे, बरिष्ठ न्यूरो फिजिसियन डाक्टर राजु पौडेल र बरिष्ठ न्यूरो सर्जन डाक्टर अमित थापा, स्पिच थेरापिष्ट धर्म डंगोल, फिजियो थेरापिष्ट राजेश श्रेष्ठ लगायतको टोली संलग्न रहेको थियो ।
सयौं लोकप्रिय गितहरुमा संगित र स्वर भरेका ७८ बर्षिय गुरुङले व्याकुल माइलाद्वारा लिपिवद्ध नयाँ नेपाली राष्ट्र गानमा समेत संगित दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया