डा.केसीको अनसन तोड्न आजपनि वार्ता हुँदै, चिकित्सकहरु कालो पट्टि बाँधेरै उपचारमा

१७ चैत्र २०७१, मंगलवार १०:१० मा प्रकाशित

काठमाण्डौ चैत्र १७ । दश दिनदेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज वार्ता हुँदैछ । सरकारी वार्ता टोलीको तर्फबाट मुख्यसचिव लीलामणि पौडेल र योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले अनशनरत केसीका प्रतिनिधिहरुसँग वार्ता गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री कोइरालाले सरकारले पूरा गर्न सक्ने माग सम्बोधन गर्ने गरी वार्ता गर्न भनेपछि पौडेल नेतृत्वको टोली शिक्षण अस्पताल जान लागेको हो ।
सरकारले विभागीय मन्त्रीहरु स्वास्थ्य मन्त्री खगराज अधिकारी र शिक्षामन्त्री चित्रलेखा यादव सम्मिलित वार्ता टोली गठन गरेपनि केसीले उनीहरुसँग वार्ता नगर्ने बताउनुभएको छ ।
यसैबीच, केसीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै चिकित्सक संघले देशव्यापी रिले अनसन गर्दैछ ।
सरकारले मंगलबार दिनभर माग सम्बोधन नगरे देशभरका उपचार सेवा ठप्प पार्ने संघले चेतावनी दिएको छ ।
स्वास्थ्य क्षेत्र अत्यावश्यक सेवाभित्र पर्ने र त्यहाँ बन्द हडताल जस्ता गतिविधि गर्न नपाइने भएपनि चिकित्सकहरु सोही बाटो तर्फ लागिरहेका छन् ।
अस्पताल जस्तो अति संबेदनशील क्षेत्रमा बन्द, अडताल र अनसन नगर्न सर्वोच्च अदालतले यसअघि नै आदेश जारी गरिसकेको छ ।
संघकै आह्वानमा आजदेखि सवै सरकारी र निजी अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर अस्पताल बाहिर बहिरंग सेवा दिन थालेका छन् ।
केसीको अवस्था जटिल बन्दै गएकाले जुनसुकै बेला पनि आइसीयूमा राख्नुपर्ने हुन सक्ने भन्दै तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ