पूर्व राजाको परिवार भारत जाँदै

१७ चैत्र २०७१, मंगलवार १०:०६ मा प्रकाशित

काठमाण्डौ चैत्र १७ । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ ।
पुर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र उनका निजी सचिव सागर तिमल्सिना यही चैत २२ गते आइतबार र बुहारी हिमानी, उनकी निजी सचिव स्मिता सिंह र छोरी पूणिर्कासहितको टोली चैत २८ गते भारत जाने लागेका हुन् ।
करिब एक महिना बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र जेठी नातिनी पूर्णिका दिल्ली भ्रमणमा जान लागेका हुन् ।
उनीहरुका साथमा निजी सचिवलगायत झन्डै आधा दर्जन कर्मचारी जाने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार भारत भ्रमणका क्रमम अपार्टमेन्टमै खाना पकाउने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च