‘नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी’​ संचारकर्मी पुरुषोत्तम ढकाल

१६ चैत्र २०७१, सोमबार २१:४७ मा प्रकाशित

संचारकर्मी पुरुषोत्तम ढकालले गैर आवशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा संघको अन्तराष्ट्रिय परिषदको सदश्य पदमा उम्मेदबारी दिएका छन् । नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी भन्ने एजेन्डा सहित संचारकर्मी ढकालले आफ्नो उम्मेदबारी दिएका हुन् । आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै ढकालले नेपाली अमेरिकनको पहिचान, समृद्धि र सामाजिकीकरणका लागि एनआरएन अमेरिका र नेपाली अमेरिकनको स्रोत र शक्ति उपयोग गर्नु पर्नेमा समेत जोड दिएका छन् ।
उनकै चुनावी प्रतिबद्दता अनुसार,’अमेरिकी मुलधारको आर्थिक, सामाजिक, कानुनी, शैक्षिक र राजनीतिक सामाजिकीकरण मार्फत मात्र नीतिगत तहमा पहुँच विस्तार गर्न सकिने हुँदा सम्पूर्ण संघ संस्था र नेपाली अमेरिकनलाई यसै मुद्दामा केन्द्रित हुँदै काम गर्न समेत आग्रह गरेका छन् । दिनानु दिन बढिरहेको नेपाली मुलका अमेरिकनको संख्या र आउदो पुस्तालाई समेत जोड्ने गरी एनआरएन अमेरिकालाई क्रियाशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताउदै उनको एजेन्डा नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा आफ्नो अमुल्य मत दिएर बिजयी गराउन उनले सम्पूर्ण नेपाली अमेरिकन समक्ष हार्दिक अनुरोध समेत गरेका छन्  ।
एनआरएन आइसीसी नेपाली नागरिकता निरन्तरता कार्यदल र भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यदलका सदश्य समेत रहेका ढकाल नेपालमा रहंदा टेलिभिजन पत्रकरिता र अमेरिका आगमन पछि अनलाइन पत्रकारिता मार्फत क्रियाशील रहँदै नेपाली अमेरिकनको सामाजिकीकरण प्रक्रियामा क्रियाशील रहँदै आएका छन् ।
एनआरएन आइसीसी नेपाली नागरिकता निरन्तरता कार्यदल र भाषा, साहित्य र संस्कृति सम्बन्धि कार्यदल क्रियाशील रहँदै आएका छन् ।

uf

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

लस-एन्जलस । दक्षिण क्यालिफोर्नियालाई कर्मथलो बनाएर अमेरिकामा रहेको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले गैर आवाशीय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी