एनआरएन अमेरिकाका दुईदर्जन उम्मेदवारको प्रमाणिकरण बाँकी, भोलिसम्म कागजात पेश नगरे अयोग्य हुने

१६ चैत्र २०७१, सोमबार २१:४४ मा प्रकाशित

न्युयोर्क, १६ चैत्र  । एनआरएन अमेरिकाको निर्वाचनका लागि १ सय ७३ जनाको उम्मेदवारी दर्ता भएपनि झण्डै दुईदर्जन उम्मेदवारहरुको प्रमाणिकरण बाँकी रहेको एनआरएन अमेरिकाको निर्वाचन आयोगले जनाएको छ । प्रमाणीकरण हुन बाँकी रहेकाहरुले मार्च ३१ को न्युयोर्क समय अनुशार दिउसो १ बजेसम्म थप कागजपत्र नबुझाए उनीहरु उम्मेदवारका लागि अयोग्य हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त विनोद रोकाले भन्नुभयो, ‘कसैको कानुनी स्टेटस खुल्ने कागजात प्राप्त भएको छैन, भने कसैको उम्मेदवारी शुल्क पूर्णरुपमा भुक्तानी भएको छैन । हामीले सम्बन्धितहरुलाई के कागजात नपुगेको भन्ने खुलाएर इमेल गरिसकेका छौं । सोही अनुशार मंगलबार दिउसो १ बजेसम्म कागजात इमेल नगर्नेहरु चुनावी प्रतिस्पर्धाका लागि अयोग्य हुनेछन् । ’ निर्वाचन अयोगले प्रकाशित गरेको सुचना अनुशार प्रमाणिकरण हुन बाँकी रहेका उम्मेदवारहरुमा टेक्सास राज्यको बोर्ड सदस्यमा उम्मेदवारी दिएका भरत देवकोटा, कोलोराडो राज्यको बोर्ड सदस्यमा उम्मेदवारी दिएका विकल पराजुली, एनआरएन आईसीसी सदस्यमा उम्मेदवारी दिएका विनोद शाह, आईसीसी सदस्यमा उम्मेदवारी दिएका छिरिङ राप्के लामा, क्यालिफोर्निया राज्यको बोर्ड सदस्यमा उम्मेदवारी दिएका द्रौपदी भट्ट, एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिएका गणेश कुँवर, एनआरएन अमेरिकाको बोर्ड सदस्यमा उम्मेदवारी दिएका गोविन्द श्रेष्ठ, मेरिल्याण्ड राज्य बोर्ड सदस्यमा उम्मेदवारी दिएका जेदु पोखरेल, एनआरएन एनसीसीको प्रवक्तामा उम्मेदवारी दिएका लक्ष्मी बजगाई, एनआरएन एनसीसीको उपाध्यक्षमा उम्मेदवारी दिएका मोहन थापा, न्यु ह्याम्सायर राज्यको कोषाध्यक्षमा उम्मेदवारी दिएका मुक्ती नारायण राई रहेका छन् । त्यस्तै प्रमाणिकरण हुन बाँकी अन्यमा एनआरएन एनसीसीको सचिवमा उम्मेदवारी दिएका नेत्रप्रसाद पाण्डे, एनआरएन एनसीसीको सहसचिवमा उम्मेवारी दिएका प्रकाश बस्नेत, ओरेगन राज्य समितिको डाइरेक्टरमा उम्मेवारी दिएका रविनमान शाक्य, आईसीसी सदस्यमा उम्मेदवारी दिएका राजेश कर्माचार्य, एनसीसी सचिवमा उम्मेवारी दिएका राजु बस्नेत, कनेक्टिकट राज्य अध्यक्षमा उम्मेवारी दिएका रामप्रसाद ओझा, ओरेगन राज्य सदस्यमा उम्मेवारी दिएका रमेश कुमार भण्डारी, नर्थ क्यारोलिना राज्य अध्यक्षमा उम्मेदवारी दिएका रेवतीराज अधिकारी, एनसीसी मिडिया कोअर्डिनेटरमा उम्मेवारी दिएका सर्वज्ञ वाग्ले, एनसीसी बोर्ड सदस्यमा उम्मेवारी दिएका सीता उप्रेती, ओरेगन राज्य बोर्ड सदस्यमा उम्मेवारी दिएका सृजना स्थापित, ओरेगन राज्य बोर्ड सदस्यमा उम्मेवारी दिएका सूर्य थापा क्षेत्री, राज्य नखुलेको महिला कोअर्डिनेटरमा उम्मेवारी दिएका थर नखुलेका छिरिङ रहेका छन् 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख