धादिङमा बस दुर्घटना, ४ जनाको ज्यान गयो

१६ चैत्र २०७१, सोमबार १६:२० मा प्रकाशित

काठमाण्डौ चैत्र १६ । धादिङको जोगिमारामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने चार जना मध्ये कसैको पनि अझै सनाखत हुन सकेको छैन ।
आज बिहान काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ४५९३ नम्बरको बस र पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटक सवार बा १ प १००२८ नम्बरको माइक्रो बस जोगिमारा ९ खटौटी खोलामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका ८ जनालाई उपचारको लागि काठमाण्डौ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा दुई विदेशी नागरिक सहित चालक र अन्य एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश मल्लले जानकारी दिनुभयो ।
त्यस्तै लतिपुरको ग्वार्कोमा भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा दक्षिणकाली चाल्नाखेलकी २४ वर्षीया इन्द्रमाया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९