ठूलो परिमाणको लागुऔषधसहित पाँच जना पक्राउ

२८ जेष्ठ २०६९, आईतवार १७:५६ मा प्रकाशित

काठमाडौ, २८ जेठ ।  लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको अप्रेशन समूहले लागू औषध चरेश (चिप्पड) २ हजार ६ सय ४० किलोग्राम सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला सरिखेत पलासे–२ घर बताउने २९ बर्षीय हस्त बहादुर रुम्बा, २१ बर्षीय चन्द्र बहादुर गोले, सोही गाविस–७ घर बताउने २८ बर्षीय कुमार लामा ,मकवानपुर जिल्ला मनहरी–५ घर बताउने २९ बर्षीय तिर्थ बहादुर राई र सोही गाविस–३ घर बताउने २२ बर्षीय बिरे लामा रहेका छन् ।
उनीहरुलाई प्रहरीले जेठ २७ गते काठमाडौ जिल्ला सेतीदेवी गाविस–९ चाल्नाखेलबाट ८८ वटा सेतो प्लाष्टिकको बोरा भित्र प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश(चिप्पड) सहित फेला पारेको थियो ।
उक्त बरामद अवैध लागू औषध चरेश (चिप्पड) उक्त इकाईबाट पक्राउ परेको चरेशहरु मध्ये हाल सम्मकै सवैभन्दा ठूलो परिमाण भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पक्राउ परेका व्यक्तिहरु विगत लामो समयदेखि लागू औषध कारोवारमा संलग्न रहेको र निजहरुले स्थलमार्ग हुदै भारत लगायत अन्य मुलुकहरुमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
मकवानपुर ः डाँडाखर्क गाविस–४ बस्ने ४३ बर्षीय गौरीशंकर मोक्तान , ३३ बर्षीय ईन्द्रबहादुर थिङ ,३० बर्षीय प्रताप सिंह थिङ र अक्कल बहादुर थिङलाई प्रहरीले लागू औषध गाँजा ६० के.जी. सहित पक्राउ गरेको छ ।
मनहरी–७ ज्यामिरेमा प्रहरीले उनीहरुलाई आज ०५ः०० बजे शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त गाँजा बरामद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा खसेको ढुङ्गाले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको