ठेकेदारको खर्चमा उर्जामन्त्री फ्रान्स भ्रमणमा

१६ चैत्र २०७१, सोमबार १०:०४ मा प्रकाशित

काठमाण्डौ चैत्र १६ । ऊर्जामन्त्री राधा ज्ञवाली नेतृत्वको टोली बुढीगण्डकी जलविद्युत आयोजनाको ठेकेदार खर्चमा फ्रान्स भ्रमणमा जान लागेको छ । मन्त्री ज्ञावालीको टोली यही चैत २६ मा भ्रमणमा जान लागेको हो ।
बुढीगण्डकी जलविद्युत आयोजनको विस्तृत अध्ययन गरिरहेको ठेकेदारी फ्रान्सेली कम्पनी ट्रयाक्टवेल इन्जिनियरिङले मन्त्री नेतृत्वको टोलीको सम्पूर्ण खर्च ब्यहोर्ने र सो खर्च ठेक्कामा जोडिने जनाईएको छ ।
बुढीगण्डकी विकास समितिले मन्त्रीको भ्रमण्मको व्यवस्थाका लागि सवै तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेको छ ।

मन्त्री ज्ञवालीको टोलीमा मन्त्रालयका सहसचिव समीररत्न शाक्य, बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेत, मन्त्रीका स्वकीय सचिव राजेन्द्र ढकाल, निजी सचिव गोकणाज पन्थ लगायत छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न