डा.केसीको अनसनप्रति माओवादी ऐक्यबद्धता

१६ चैत्र २०७१, सोमबार १०:०० मा प्रकाशित

काठमाण्डौ चैत्र १६ । एकीकृत नेकपा माओवादीले अनसनरत डाक्टर गोविन्द केसीको मागप्रति समर्थन गर्दै ऐक्यवद्धता जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालले त्रि वि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर डाक्टर केसीको स्वास्थ्य स्थति बुझी उहाँको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको हो ।
अनसनरत डाक्टर केसीसँगको भेटमा दाहालले उहाँको माग पूरा गराउन आफूले सक्दो पहल गर्ने आस्वासन दिनुभयो ।
यसअघि पनि एमाओवादीका नेताहरु डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले डा केसीसँग भेट गरी चिकित्सा क्षेत्रको सुधारका लागि उठाइएका मागलाई गम्भिरतापूर्वक लिएर पूरा गर्न सरकारलाई दवाव दिने प्रतिबद्धता जनाउनुभएको थियो ।
चिकित्सा शिक्षाको गुणस्तर सुधारका विभिन्न ११ सुत्रीय माग राखेर डा. केसी ९ दिनदेखि पाँचौ पटक अनसनमा बस्नुभएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च