दश जना केन्द्रीय सदस्यले गच्छदारलाई छाडे

२८ जेष्ठ २०६९, आईतवार १७:५४ मा प्रकाशित

काठमाडौं, २८ जेठ । सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका झण्डै एक दर्जन केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएर पार्र्टी परित्याग गरेका छन् ।
काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले अध्यक्ष गच्छेदारको कार्यशैलीको आलोचना गर्दै पदबाट राजीनामा दिएको जनाएका छन । लोकतान्त्रिक फोरमका नेता शरतसिंह भण्डारीलाई यस अघिनै गच्छेदारले पार्टीबाट निकालिसकेका छन् ।
राजीनामा दिनेमा अधिकांश अध्यक्ष गच्छेदारद्वारा स्पष्टिकरण सोधिएका केन्द्रीय सदस्यहरु छन । सामूहिक राजीनामा दिएपनि नयाँ दल खोलने वा के गर्ने भन्ने विषयमा भने उनीहरुल्ले केही बताएका छैनन ।
उनीहरुले अध्यक्ष गच्छेदार पार्टी नीति र आचरण विपरित एकीकृत नेकपा माओवादीको पुच्छर भएर बारम्बार सत्तामा झुम्मिरहने रोग लागेकाले बाध्य भएर पार्टी छाडेको जनाएका छन । ‘अध्यक्ष गच्छेदार सत्ताबाट एक छिनपनि बाहिर बस्न सक्दैनन,’ केन्द्रीय सदस्य प्रमोद गुप्ताले भने, ‘सामूहिक रुपमा पार्र्टी चलाउने भन्दा पनि निरंकुश शैलीमा काम भयो ।’
सामूहिक राजीनामा दिनेमा केन्द्रीय सदस्यमा शिवजी प्रसाद सोनी, रामनन्द मण्डल, प्रमोद गुप्ता, सेवकीदेवी दास, कौशलकुमार यादव, ओमप्रकाश यादव, अमृता अग्रहरि, अमिरुल्लाह अन्सारी, निलम बर्मा लगायत रहेका छन । उनीहरुको राजीनामासँगै फोरम लोकतान्त्रिकमा संकट परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार