नेपालको विकासमा सहयोग गर्न चीन इच्छुक

१६ चैत्र २०७१, सोमबार ०९:४८ मा प्रकाशित

एजेन्सी चैत्र १६ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीन र नेपाल घनिष्ठ र मैत्रीपूर्ण असल छिमेकी राष्ट्र हुन भन्दै चीन सरकारले नेपालसँग आपसी सम्मान र समर्थन गर्ने बताउनुभयो ।
हाइ नान प्रान्तको पो आउ एशिलायी वार्षिक सम्मेलनमा सहभागी हुन पुग्नुभएका राष्ट्रपति यादवसँगको भेटमा सो कुरा बताउनुभएको हो । राष्ट्रपति यादवसँगको भेटमा सीले चीन र नेपाल एक घनिष्ट मित्र राष्ट्र भएकाले नेपालको अर्थतन्त्रमा संयुक्त विकास गर्ने र सहयोग गर्न इच्छुक रहेको समेत बताउनुभयो ।
यसका साथै उहाँले भन्नुभयो–चालु वर्ष चीन र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सबका अवसरमा चीनले नेपालसँग श्रृखंलाबद्ध रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपालसँगको मितेरीलाई नयाँ उचाइमा पु¥याउने कुरामा हामी आशावादी छौँ ।
प्रत्युत्तरमा नेपालका राष्ट्रपति डा.यादवले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षदेखि अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन आएको तर दुई मुलुकबीचको सम्बन्ध सधैँ शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा मैत्रीपूर्ण र मेलमिलापयुक्त भएको बताउनुभयो। नेपाल चीनसँगको सम्बन्धमा गर्व गर्छ भन्दै उहाँले नेपालले चीन विरोधी कुनै कार्यक्रम नेपालको भूमिमा गर्न नदिएको स्मरण गराउनुभयो । यसका साथै चीन सरकारले दृढताका साथ नेपालको स्वतन्त्रता, सार्वभौमिकता र प्रादेशिक अखण्डाको समर्थन गरेकोमा धन्यवाद दिँदै चीनको एक क्षेत्र र एक बाटोको प्रस्ताव र एशियाली पूर्वाधार लगानी बैंक स्थापना गर्न नेपालले पनि समर्थन गरेको डा.यादवले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका