पाँचौ पटक विश्वकप जित्दैै, अष्ट्रेलियाको विश्व किर्तिमान

१५ चैत्र २०७१, आईतवार १७:१२ मा प्रकाशित

काठमाण्डौ चैत्र १५ । विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि अष्ट्रेलियाले जितेको छ । पाँचौ पटक विश्वकप जित्ने क्रममा अष्ट्रेलियाले आज भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हरायो ।
अष्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३ र २००७ मा विश्वकप जितेको थियो । जितका लागि पाएको १ सय ८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । अष्ट्रेलियाका लागि अन्तिम एक दिवसीय क्रिकेट खेलिरहेका कप्तान माइकल क्लार्क ७४ रनमा आउट भए भने डेबिड वार्नरले ४५ रन बनाए ।

ओपन आरोन फिञ्च खाता नै नखोली आउट भएका थिए ।
यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली न्युजिल्याण्ड ४५ ओभरमा मात्र १ सय ८३ रनमा अल आउट भयो । अष्ट्रेलियन तिब्र गतिका बलर सामु निरिह देखिएका न्युजिल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले केहि राम्रो प्रर्दशन गरेपनि सुरुवाती र पुछारका ब्याट्सम्यान चल्न सकेनन ।
३९ रनमा तेस्रोे विकेट गुमाएको न्युजिल्याण्डलाई चौथो विकेटका लागि रोज टेलर र ग्रान्ट इलियटले १ सय ११ रनको साझेदारी गरेपनि अन्य कुनै ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । ८२ बल खेलेका इलियटले ८३ र रोज टेलरले ४० रन बनाए ।
न्युजिल्याण्डका ५ जना ब्याट्सम्यानले खाता सम्म खोल्न भ्याएनन । न्युजिल्याण्डलाई सस्तैमा समेट्नका लागि जेम्स फङकलर र मिचेल जोन्सनले समान ३, मिचेल स्टार्चले २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । न्युजिल्याण्डले अन्तिम २३ रन जोड्नका लागि ७ विकेट गुमाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो