एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाबारे छलफल

२८ जेष्ठ २०६९, आईतवार १७:४७ मा प्रकाशित

काठमाडौ, २८ जेठ । आज बसेको एमाले स्थायी कमिटीको बैठकमा आगामी असार ४ र ५ गते काठमाडौँमा आयोजना हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी र राज्य पुनःसंरचनामा पार्टीमा उत्पन्न विवादबारे छलफल भएको छ । बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले दिनुभएको जानकारीअनुसार राष्ट्रिय कार्यकर्ता भेलाका लागि उपस्थित हुनेहरुको मापदण्ड तयार गरिएको र भेला राष्ट्रिय सभागृहमा सम्पन्न गरिने निर्णय भएको छ । बैठकले पार्टीका अञ्चल र जिल्लामा पनि कार्यकर्ता भेला तथा सरकारको विरोधमा रहेका अन्य दलहरुले पालैपालो सभाहरु गर्न पनि जोड दिएको छ । नेता नेपालले विद्यमान राजनीतिक स्थितिको निकासका लागि पार्टीले प्रस्ताव तयार गर्ने र त्यसबारे भोलिको स्थायी कमिटीको बैठकमा छलफल गरिने बताउनुभयो । स्थायी कमिटीको बैठक भोलि फेरि बस्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ