मिसन टु सेभ हर्ट अभियानमा ग्राण्डी अस्पताल

१५ चैत्र २०७१, आईतवार १३:३१ मा प्रकाशित

काठमाण्डौ चैत्र १५ । राजधानीको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मिसन टु सेभ हार्ट नामक अभियान शुरु गरेको छ ।
आफ्नो नियमित सि एम ई कार्यक्रमलाई केही औपचारीक र बृहत बनाउदै ग्राडी अस्पतालले सो अभियान शुरु भएको घोषणा गरेको हो ।
अभियानको पहिलो चरणमा आज उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत १५० जना डाक्टरहरु र बिभिन्न मेडिकल कलेजमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
ग्राण्डी अस्पतालले संचालन गरेको अभियानको मुख्य उद्देश्य देशका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई उनीहरुको बिशेषज्ञता भएको क्षेत्रको शिप र दक्षतामा सहयोग पुर्याउनु रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका ईन्टरभेन्सनल कार्डियोलोजी बिभागका प्रमुख डा। ओम मूर्ति अनिलले बताउनु भएको छ ।
उहाँले बिषषज्ञता र अनुभव कम भएका जनशक्तिहरुलाई तालिम मार्फत सबलिकरण गरेर स्थानीय स्तरमा नै उपल्ब्ध श्रोत र साधनको अधिकतम उपयोगबाट हार्ट अट्याकबाट आउने इमरजेन्सीहरु कम गर्न सकिने समेत बताउनु भएको छ ।
हृदयाघातका कारण हरेकबर्ष २० हजार जना भन्दा बढी मानिसको मृत्युहुने गरेको बिश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययन प्रतिबेदनमा उल्लेख छ । अन्य अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा भने हरेक बर्ष ४० हजार जना भन्दा बढी मानिसको मृत्यु हुनेगरेको उल्लेख छ ।
हृदयाघात भएपछि दक्ष चिकित्सकको अभावमा समयमा उपचार नपाउनु नै मृत्युको मुख्य कारण रहेको चिकित्सकहरुको भनाई छ ।
कार्यक्रमका बीच असहाय र बिपन्न मुटु रोगीहरुकालागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फवाट गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले २५ लाख रुपैँयाको अक्षय कोष पनि घोषणा गर्नुभएको थियो । डा। महतोले सामान्य आयस्तरका नेपालीको पहुँचमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको उपचार सेवा पुर्याउने उदेश्य सहित पाँचसय रुपँयाको जनरल बेडको समेत घोषणा गर्नुभएको थियो ।
एनएमसी ग्रुपका अध्यक्ष तथा सिईओ डा। बि आर सेठ्ठी ले उद्घाटन गर्नुभएको आजको कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष दिपक कुँवर , मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डे, गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, भारतको बि एल के अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा। सुवास चन्द्रसँगै नेपाल र भारतका बरिष्ठ डाक्टरहरु लगायतका बिशिष्ठ ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको