आपडेडःएमाओवादी मोर्चाको लाठी जुलुस,ठाउँ ठाउँमा मोर्चा र प्रहरीबीच झडप

१५ चैत्र २०७१, आईतवार ११:३७ मा प्रकाशित

 काठमाण्डौ चैत्र १५ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज देशै भर लाठी जुलुश निकाल्ने क्रममा कास्की र चितवनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ ।
कास्कीको पोखरा न्यूरोडमा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले हातमा बासका भाटासहित गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।
झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
दोश्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज देशभर लाठी जुलुस प्रदर्शन गरिरहेको छ । सो का क्रममा झडप भएको हो ।
हातमा बा“सका भाटा बोकेका मोर्चाका कार्यकर्ताहरुको जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेकाबेला प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीको लाठी चार्ज गरेपछि जुलुस तितरबितर भएको थियो ।
घाइतेहरुको पोखराका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको कास्कीका प्रहरी उपरीक्षक हरी बहादुर पालले जानकारी दिनुभयो ।
यस्तै चितवनको नारायण गढमा पनि प्रदर्शनकारी र प्रहरीविच दोहोरो झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । ५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी उपरिक्षक सकुल बहादुर थापाले बताउनु भयो ।
संबिधान सभामा अघि बढाईएकने प्रक्रिया खारेज गरी सहमतिमै पहिचानसहितको संघीयता तथा संघीयतासहितको संविधान जारि गर्न दवाव दिने भन्दै एमाओबादी मोर्चाले आज देशैभर लाठी जुलुश निकालेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले