अपडेट : विश्वकपको उपाधिका लागि अष्ट्रेलिया १८४ रनको लक्ष्य पछ्याउँदै

१५ चैत्र २०७१, आईतवार ११:१५ मा प्रकाशित

काठमाण्डौ चैत्र १५ । विश्वकप क्रिकेटको उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलियालाई १८४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
मेलबर्न क्रिकेटमा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४५ ओभरमा अल आउट हुँदै १८३ रन बनाएको हो ।
१ सय ८४ रनको विजयी लक्ष्य लिएर अहिले अष्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ । उसलाई शुरुवाती झड्का लागेको छ । २ ओभरमै ओपनर एरोन फिंचलाई गुमाएको छ ।
एसले ताजा अवस्थामा ७.२ ओभरको खेल सकिदा १ विकेट गुमाएर ४४ रन बनाएको छ । उसका लागी स्टिभ स्मिथ र डेभिड वार्नर क्रिजमा छन् ।
यसअघि न्युजिल्याण्डले आजको खेलमा निकै खराब शुरुवात गरेको थियो ।
उसका भरपर्दा ब्याट्सम्यान माटिर्न गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भएका थिए भने ब्रेनडन म्याकुलम शुरुको ओभरमै आउट भएका थिए ।
त्यससंगै थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड निकै दबावमा परेको थियो ।
न्युजिल्याण्डका लागी ग्राण्ट इलियट र रोस टेलरले शतकीय पारी खैल्दै स्कोर १११ रनमा पु¥याएका थिए । टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।
चौथो विकेट गुमाउादा न्युजिल्याण्डको स्कोर १५० रन थियो ।
कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानिअल भिट्टारीले ९ रन मात्र जोडे ।
न्यूजिल्याण्डको स्कोर १७१ रन हुादा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फकिर्ए ।
अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३÷३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर