चिकित्सकहरुले पनि कालो पट्टी बाँध्ने

१५ चैत्र २०७१, आईतवार ११:१० मा प्रकाशित

काठमाण्डौ चैत्र १५ । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीका माग आज साझसम्ममा पूरा नगरे भोलीबाट देशभरका अस्पतालका बहिरंग सेवा अस्पताल बाहिरै सञ्चालन गर्ने चेतावनी दिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. मुक्तराम श्रेष्ठले २४ घन्टाभित्र माग सम्बोधन नभए देशभरिका सरकारी, निजी अस्पतालका चिकित्सकले हातमा कालो पट्टी बाधेर बाहिर अस्पतालको प्रांगणमा बिरामीको उपचार गर्ने चेतावनी दिनुभयो । चिकित्सक संघले हिजो सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । स्वास्थ्य क्षेत्रमा भएको माफियाकरण अन्त्य हुनु पर्ने भन्दै १० बुँदे माग राख्दै सेवारत प्राध्यापक डा. गोविन्द केसी आठ दिन देखि अनशन बस्नु भएको छ । सरकारले शुक्रबार गठन गरेको टोलीसग डा केसीले वार्ता गर्न मान्नुभएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी