कोइराला प्रचण्डबीचको वार्ता जारी

१५ चैत्र २०७१, आईतवार ११:०८ मा प्रकाशित

काठमाण्डौ चैत्र १५ । संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई वीच संविधानका विवादित विषयमा सहमतिको विन्दुबारे छलफल भईरहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री र दाहालवीच छलफल भएपछि आजै दिउसो प्रमुख दलहरुको छलफल हुन सक्ने सम्भावना छ ।
यसअघि हिजो संविधान निर्माण अघि बढाउने विषयमा प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाकै निवासमा पुगेर भेट्नुभएको थियो ।
संविधानका अन्तर्वस्तुमा सहमति गर्न संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई दिएको अल्टिमेटम आज सकिदैछ ।
तीन दिनअघि संविधानसभाका प्रमुख दलका सचेतकहरुलाई बोलाएर नेम्वाङले आज साझसम्म सहमति नगरे बैठक बोलाउने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका