नागार्जुनबाट ‘राजा’लाई नारायणहिटी सार्ने थापाको उद्घोष

२८ जेष्ठ २०६९, आईतवार १४:५७ मा प्रकाशित

काठमाडौं, जेठ २८ । संविधानसभा विघटन भई राजनीतिक अन्योल बढेको वर्तमान परिस्थितिमा नयाँ निर्वाचन एक मात्र विकल्प भएकोले यसमा छलछाम नगर्न राप्रपा नेपालले अन्य राजनीतिक दलहरुलाई चेतावनी दिएको छ ।
२४ दलले संयुक्त आमसभा गरेको भोलिपल्टै २७ गते शनिबार खुलामञ्चमा आयोजित विरोधसभा तथा शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष कमल थापाले संविधानसभा विघटन भएको अवस्थामा सबै दलको हैसियत अब समान बन्न पुगेको दाबी गर्दै अन्तरिम संविधान निस्क्रिय भएकोले ०४७ सालको संविधान ब्युँताउने प्रक्रियामा अघि बढ्न सुझाव दिए ।
०४४७ सालको संविधान पुनःस्थापित हुनु भनेकने सनातन हिन्दुधर्मसहितको राजसंस्था पुनःस्थापित हुनु हो भन्ने तर्क गर्दै अध्यक्ष थापाले नागार्जुनमा रहेका राजालाई नारायणहिटीमा सार्न पहल गर्न दलहरुलाई आग्रह गरे । यदि यसो नगरिए जनता आफैं सडकबाट उठेर नागार्जुन गई राजालाई बोकेर ल्याई नारायणहिटी दरबारमा विराजमान गराउने उद्घोष अध्यक्ष थापाको थियो ।
बबुराम भट्टराई या अन्य कुनै नेताको नेतृत्वमा रहने सरकारले निश्पक्ष चुनाव गराउन नसक्ने ठोकुवा गर्दै थापाले बहालवाला या पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा नागरिकसमाजका प्रतिनिधि सम्मिलित सरकार गठन हुनुपर्ने माग गरे । चार दलले चार वर्षमा राज्यको ढुकुटीको एक खर्ब सिध्याएको भन्दै अध्यक्ष थापाले त्यसको हिसाबकिताब मागिने बताए ।
सम्बोधनका क्रममा राजसंस्थाको पक्षमा जनताको ठूलो पंंक्ति उभिएको दाबी पटक–पटक गरेका अध्यक्ष थापाले निर्वाचनले आफूलाई गणतन्त्रवादी भन्ने दलका नेतृत्वको भ्रम चिरिदिने विश्वास व्यक्त गरे । राष्ट्रिय अखण्डताको पक्षमा उभिने सबै शक्तिसँग सहकार्य गर्दै नयाँ संविधान बनाउनका लागि चुनावी एजेण्डा लिएर अघि बढ्ने उनले बताए ।
विरोधसभाको अघिल्लो दिन भब्य मोटरसाइकल ¥याली सम्पन्न गरेको राप्रपा नेपालले आयोजना गरेको विरोधसभा तथा शक्ति प्रदर्शन कार्यक्रममा २४ दलद्वारा संयुक्त रुपमा आयोजित सभामाभन्दा बढ्ता उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले