प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली बीच भेटवार्ता

१४ चैत्र २०७१, शनिबार १४:३४ मा प्रकाशित

काठमाण्डौँ,  चैत्र १४  ।  प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा सबैलाई मान्य हुने गरी सहमतिकै प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ ।

वार्तामा कांग्रेस र एमालेबीच राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिकै आधारमा अघि बढ्ने सहमति भएको छ ।

ओली निवासमा डेढ घण्टा भएको वार्तामा सहमतिलाई नै प्राथमिकता दिएर अगाडि जाने बारेमा छलफल भएको हो । वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै प्रधानमन्त्री कोईरालाले ओलीसगको भेटमा सहमति कै आधारमा जाने बारेमा कुराकानी भएको बताउनुभयो ।

भेटमा दुई नेताको स्वास्थ्य  अवस्थाका बारेमा जानकारी आदान प्रदान गरेको समेत उहाँले बताउनुभयो । भेटवार्तापछि प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री महन्द्र पाण्डेले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीको भेटमा संविधान निर्माण्ँ कै विÈयमा केन्द्रित भएर छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च