बालश्रम अझै न्यूनीकरण हुन सकेन

१३ चैत्र २०७१, शुक्रबार १४:५६ मा प्रकाशित

काठमाण्डौ चैत्र १३ । बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धीमा हस्ताक्षर भएको साढे दुई दशक वितिसक्दा पनि बालश्रम न्युनिकरण नभएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
सयुक्त राष्ट्र संघको संस्था युनिसेफको आयोजनामा सन् १९९० मा बाल अधिकारका आधारभूत आवश्यकता पूरा गर्ने र बालश्रम नगर्ने भन्दै बालअधिकार महासन्धीमा विभिन्न मुलूकले हस्ताक्षर गरेका थिए ।
जसमध्ये नेपाल पनि पर्छ । बालअधिकार महासन्धिको २५ बर्ष पुगेको अवसरमा आज राजधानीमा आयोजित “नेपालको बालअधिकार आन्दोलन सञ्जाल ः हिजो आज र भोलि” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा बाल अधिकार आन्दोलनका अगुवा गौरी प्रधानले समयअनुसार बालबालिकाका आवश्यकताहरु फेरिएपनि उनीहरुको जीवनस्तर नफेरिएको बताउनु भयो ।
उहाँले बालअधिकार सुनिश्चितताका लागी राज्य गम्भिर नभएपनि यस क्षेत्रमा क्रियाशिल संस्थाहरुको बलियो सञ्जाल निर्माण आवश्कता रहेको बताउनु भयो । विश्वव्यापी रुपमा बढिरहेको बालश्रम विरुद्ध सधै सबैले एक अर्कासँग सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०