दुई आयोजकबीच भीडन्त, न्युजिल्याण्ड पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा

१३ चैत्र २०७१, शुक्रबार १२:५७ मा प्रकाशित

काठमाण्डौ चैत्र १३ । एक दिवसिय विश्वकप क्रिकेटको दुई आयोजक टोलीविच उपाधि भिडन्त तय भएको छ ।
यही आइतवार अष्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा दुई आयोजक राष्ट्र अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने भएका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा हिजो भारतलाई ९५ रनले हराँउदै अष्ट्रेलियालेन्युजिल्याण्ड विरुद्धको सनसनीपुर्ण भिडन्त तय गरेको हो ।
यसअघि पहिलो सेमिफाईनलमा दक्षिण अफ्रिकालाई हराँउदै न्युजिल्याण्ड पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो ।
अब आइतवार हुने खेल जित्दै अष्ट्रेलिया किर्तीमानी पाँचौ पटक एक दिवसिय विश्वकप क्रिकेटको उपाधि उचाल्न चाहान्छ ।
उता न्युजिल्याण्ड भने इतिहाँसमै पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ ।
समुह चरणमा एकै समुहमा रहेका यी दुई टोलीहरुविचको भिडन्तमा न्युजिल्याण्ड विजयी भएको थियो ।
पर्सी हुने खेलमा न्युजिल्याण्ड आफ्नो सोही सफलता दोहोर्याउन चाहन्छ भने अष्ट्रेलिया विश्व क्रिकेटको आफ्नो गर्बीलो इतिहाँसलाई निरन्तरता दिदैं न्युजिल्याण्डसँग बदला लिन चाहन्छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई