आवासीय चिकित्सकको आन्दोलनका कारण ओपिडि सेवा प्रभावित

१३ चैत्र २०७१, शुक्रबार १२:५० मा प्रकाशित

काठमाण्डौ चैत्र १३ । विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुहरु आन्दोलनमा उत्रिएपछि ओपीडि सेवा प्रभावित भएको छ ।
स्वास्थ्य क्षेत्र सम्बन्धि १० सुत्रीय माग राख्दै डा. केसी ६ दिनदेखि अनसनरत हुनुहुन्छ ।
स्वास्थ्य क्षेत्रमा बढेको माफियातन्त्रको विरोधमा केसी आइतबार देखि अनसनमा बस्नु भएको हो । यसअघि पनि विभिन्न माग राख्दै उहाँ चार पटक अनसनमा बसिसक्नु भएको छ ।
चौथो पटकको अनसनमा उहाँँको माग पूरा गरिदिने भन्दै सरकाले सहमति गरे पनि कार्यान्यन नभएको भन्दै उहाँ पाँचौ पटक अनसनमा बस्नु भएको हो ।
केसीको जायज मागप्रति सरकारले वेवास्था गरेको भन्दै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुहरुले ऐक्यबद्धता जनाउँदै ओपिडी सेवा ठप्प पारेका हुन् । अस्पताल प्रशासनले भने सेवा बन्द नभएको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना