एउटा मात्र मुटुभएका जुम्ल्याए बालिकाको जन्म

१३ चैत्र २०७१, शुक्रबार १२:४२ मा प्रकाशित

काठमाण्डौ चैत्र १३ । विश्वमै निकै दुर्लभ मानिएको घटनाको रुपमा इण्डोनेसियामा जिउ जोडिएका र एउटामात्र मुटु भएका जुम्ल्याहा बच्ची जन्मिएका छन् ।
छाति र पेटको भाग जोडिएका ति बच्चीहरुको दुर्लभ विशेषता भनेको यी दुबैको गरी जम्मा एउटामात्र मुटु रहेको छ ।
जसका कारण यी जुम्ल्याहालाई शल्यक्रिया गरी छुट्टाउन गाह्रो छ र छुट्टाइएपनि दुइमध्ये केवल एकजनालाई मात्र बचाउन सम्भव हुन्छ र अर्की बालिकाको लागि मुटु नै नहुने भएकाले जिवन सम्भव हुनेछैन ।
जाभा स्थित स्वेटोमो अस्पतालमा गय राती जन्मिएका ति दुर्लभ जुम्ल्याहालाई अहिले अस्पतालको आइसियुमा राखिएको छ । अस्पतालले हेर्दा निकै दर्दनाक लाग्ने ति बालिकाहरुको तस्वीर सार्वजनिक गरेको छ ।
यो अस्पतालकै विशेषज्ञ डाक्टरहरुले सन् २०१३ मा सुमात्राको एक अस्पतालमा यस्तै जिउ जोडिएका जुम्ल्याहालाई सफलता पूर्वक छुट्टाउन सफल भएका थिए भने जाभाको यो अस्पतालले यसअघि जिउ जोडिएका ५३ जुम्ल्याहा जोडीलाई शल्यक्रिया गरी छुट्टाइसकेका छन् ।
जसमध्ये केवल दुई शल्यक्रिया मात्र असफल भएका थिए । विज्ञहरुका अनुसार विश्वमा हरेक २ लाख जिवित जन्ममा एउटा जिउ जोडिएका जुम्ल्याहा जन्मिने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा