आज चैैते दशैं मनाइँदै

१३ चैत्र २०७१, शुक्रबार १२:३४ मा प्रकाशित

काठमाण्डौ चैत्र १३ । आज चैते दसैं, दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । अशोजमा मनाइने बडादसैं भन्दा कम महत्वको मानिएपनि आज चतै दसैंको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ ।
चैते दसैंको दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
यस्तै आजै सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन आर्यावलोकितेश्वर भनिने सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने गर्छ ।
बेलुकी ५ बजे सेतो मन्छिन्द्रनाथको रथ काठमाडौं जमल नजिकको तीनधारा पाठशालाबाट तानेर रथयात्रा शुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।
रथयात्राको लागि मूर्तिलाई केलटोलमा रहेको मन्दिरबाट बोकेर तीनधारा पाठशाला र्पुयाइने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको